logo-image

शुक्रबार, १९ असार २०८३

एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

बिहिबार, १८ असार २०८३ · समसामयिक

एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं, असार १८ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहनुभएका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइका लागि पेसी तोकिएको छ।

यसअघि गत मंगलबार न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासमा यो मुद्दाको सुनुवाइ भएको थियो। विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्ध र सेयर कारोबारको शंकास्पद स्रोतलाई लिएर सम्पत्ति शुद्धीकरणकै कसुरमा विभागले पौडेललाई गत असार ८ गते पक्राउ गरेको थियो।

पौडेलको गिरफ्तारी गैरकानुनी भएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको हो।