logo-image

बुधबार, १० भदौ २०८३

रसुवा बाढीपीडितका लागि भक्तपुर अस्पतालको आकस्मिक स्वास्थ्य टोली प्रभावित क्षेत्रमा प्रस्थान

बुधबार, १० भदौ २०८३ · समसामयिक

रसुवा बाढीपीडितका लागि भक्तपुर अस्पतालको आकस्मिक स्वास्थ्य टोली प्रभावित क्षेत्रमा प्रस्थान

 

भक्तपुर, भदौ १० । रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उपचार तथा स्वास्थ्य सेवाका लागि भक्तपुर अस्पतालबाट आकस्मिक स्वास्थ्य टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाको नेतृत्वमा बाढीपीडितका लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले टोली परिचालन गरिएको हो। टोलीमा विभिन्न विधाका चिकित्सक, स्वास्थ्यकर्मी तथा प्राविधिक कर्मचारी सहभागी छन्।

टोलीमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. दिवाकर सुवेदी, जनरल सर्जन डा. विजय भट्ट, मेडिकल अधिकृत डा. कविकान्त चौधरी, आईटी इन्जिनियर दिपेश खड्का, स्टाफ नर्स संगिता प्याकुरेल र हेल्थ असिस्टेन्ट अलिसा पोट्रेल रहेका छन्।

बाढीबाट प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचार, स्वास्थ्य अवस्था मूल्यांकन तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन टोली खटिने जनाइएको छ। विपद्का कारण स्वास्थ्य सेवामा समस्या भएका नागरिकलाई तत्काल उपचार सेवा उपलब्ध गराउने उद्देश्यले टोली परिचालन गरिएको हो।