बिहिबार, १९ कात्तिक २०८३
बिहिबार, १९ कात्तिक २०८३ · जीवनशैली
चलचित्रले आजभन्दा करिब ३५ देखि ४० वर्षअघिको ग्रामीण परिवेशलाई जीवन्त रूपमा समेटेको छ। गाउँको विकास गर्ने र शिक्षाको ज्योति फैलाउने उद्देश्यका साथ एक शिक्षित युवाले गर्ने संघर्षको कथा नै यस फिल्मको मुख्य मर्म हो। नेपाली दर्शकले सधैँ खोज्ने मौलिकता र सरल कथावस्तुको गतिलो झलक ‘बाटुलो जुन’को ट्रेलरमा देख्न सकिन्छ।
कार्यक्रममा नायक अनमोल केसीले आफ्नै पिता तथा अभिनेता भुवन केसीको निर्देशनमा काम गर्न पाउँदाको खुसी र अनुभव साटेका छन्। उनले सह-कलाकारहरू प्रिन्सी खतिवडा र न्यान्सी खड्काले चिसो मौसम तथा कठिन परिस्थितिका बाबजुद देखाएको अथक मिहिनेत र उत्कृष्ट अभिनयको प्रशंसासमेत गरेका छन्।
निर्देशक भुवन केसीको निर्देशनमा बनेको यो चलचित्र आउँदो कार्तिक २६ गते अर्थात् भाइटीकाको भोलिपल्टदेखि नेपालसहित विश्वभरका चलचित्र घरहरूमा एकसाथ प्रदर्शन हुने पक्का भएको छ।
लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारी
एक घण्टा अगाडि