logo-image

बिहिबार, ११ भदौ २०८३

त्रिशुलीमा करिब ३०० बाढी पिडित राहतको पर्खाइमा

बिहिबार, ११ भदौ २०८३ · समसामयिक

त्रिशुलीमा करिब ३०० बाढी पिडित राहतको पर्खाइमा

भदौ ११, काठमाडौँ। 
रसुवा बाढी को कारण विस्थापित भएका सयौं व्यक्तिहरू त्रिशुलीको श्री भैरुम माध्यमिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन्। प्राप्त जानकारी अनुसार श्री श्री भैरुम माध्यमिक विद्यालयमा करिब ३०० हाराहारीमा बाढी पिडितहरू आश्रय लिएर बसेका छन्। त्रिशुलीमा व्यापार व्यवसाय गर्दै आएका फुर्वा तामाङका अनुसार उहाँहरू बाढी त्रिशुली पसेपछि ज्यान जोगाउन अलि अग्लो भागमा रहेको सो विद्यालयमा आश्रय लिन पुगेका हुन्। उनले दिएको जानकारी अनुसार हालसम्म त्यहाँ राहत नपुगेको र सरकारी टोली पनि नपुगेको बताएका छन्। उनले बताए अनुसार हिजोदेखि त्यहाँ रहेका सबै बाढी पीडितहरू भोकै रहनुभएको छ। साथै हिजो आएको भन्दा ठूलो बाढी आउने हल्लाले गर्दा रातभरि उहाँहरु निदाउन पनि नसक्नुभएको र रातभरि भागदौडमै बितेको जानकारी गराउनु भएको छ। उहाँहरु नेपाल सरकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका साथै त्रिशुली क्षेत्रमा उद्धारमा खटिनु भएका सम्पूर्ण उद्धारकर्मीहरुमध्य कुनै टोली उहाँहरु माझ आइपुग्नुहुन्छ भन्नेमा आशावादी हुनुहुन्छ।