logo-image

बिहिबार, २१ जेठ २०८३

बलिउड मेलोडी किङ्ग अभिजीत भट्टाचार्य नेपालमा लाइभ कन्सर्ट गर्दै

बिहिबार, २१ जेठ २०८३ · मनोरञ्जन

बलिउड मेलोडी किङ्ग अभिजीत भट्टाचार्य नेपालमा लाइभ कन्सर्ट गर्दै



काठमाडौं, जेठ २१ । ९० को दशकका असंख्य चर्चित बलिउड गीतका आवाज, प्रख्यात पाश्र्व गायक अभिजीत भट्टाचार्य पहिलो पटक नेपालको मञ्चमा प्रस्तुति दिन तयार भएका छन् । “लाइभ कन्सर्ट इन नेपाल-अभिजीत भट्टाचार्य“ आगामी २०२६ जुन २० गते, काठमाडौंको ठमेलस्थित क्लब नोभा (नेपालकै सबैभन्दा ठूलो क्लब) मा हुने भएको छ । साँझ ७ः०० बजे प्रवेशद्वार खुल्नेछ भने लाइभ कन्सर्ट ७ः३० बजेबाट सुरु हुनेछ ।

उनको कालजयी गीतहरूः मै कोहि यैसा गीत गाउँ, तुम दिल कि धड्कन मै, मेरे खयालोकी मल्लिका जस्ता हजारौं गीतहरू रहेका छन । यस ऐतिहासिक कन्सर्टको आयोजना नेपाल साङ्गीतिक संघले गरेको हो भने व्यवस्थापनको जिम्मा साधना कला केन्द्रले लिएको छ । यो कार्यक्रम बीबीटीएम फाउन्डेसनको हितमा आयोजित एक परोपकारी (च्यारिटी) कन्सर्ट हो । भारतका ए–क्लास सङ्गीतकारहरूको साथमा अभिजीतले आफ्ना कालजयी हिन्दी गीतका साथसाथै नेपाली श्रोताको मन छुने नेपाली गीतहरू पनि प्रस्तुत गर्नेछन् — जुन गीतहरू पुस्तौँदेखि सदाबहार बनेका छन्।

कार्यक्रमको आधिकारिक टिकेटिङ पार्टनर सिटी पे हो, र अहिले अर्ली बर्ड टिकट बिक्री सुरु भइसकेको छ । अर्ली बर्ड अफरअन्तर्गत स्ट्यान्डिङ डान्सिङ फ्लोरको टिकट रु. २,००० र स्ट्यान्डिङ भीआईपी फ्लोरको टिकट रु. ४,००० मा उपलब्ध छ — जुन नियमित मूल्यमा सीमित समयका लागि दिइएको छुट हो । यसका साथै भिआिईपी र भिआईपी लगायतका टेबल प्याकेजहरू पनि उपलब्ध छन् ।