logo-image

बुधबार, २७ साउन २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

बुधबार, २७ साउन २०८३ · समसामयिक

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

 

काठमाडौँ, साउन २७ । काठमाडौं महानगरपालिका-२४ सानो पशुपतिबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ७० ट्याब्लेट, बुप्रेनोर्फिन १४ एम्पुल, फेनारगन ९ एम्पुल, डाइजेपाम १७ एम्पुल र नगद १ लाख ९८ हजार ७५ रूपैयाँ सहित बारा निजगढ नगरपालिका-६ घर भएका ४५ वर्षीय दिनेश कुमार थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका-२७ बाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बानेश्वर बस्ने दोलखा मेलुङ गाउँपालिका-२ घर भएका २७ वर्षीय सन्तोष न्यौपाने र काठमाडौं कालिमाटी बस्ने झापा कचनकवल गाउँपालिका-५ घर भएका ३० वर्षीय धन बहादुर कटुवाल रहेका छन् । प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनलाई उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

 मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ बुद्धचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय २० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-४ कर्रा बस्ने २० वर्षीया तनिशा श्रेष्ठ, २४ वर्षीय अनिष चौलागाई र चितवन घर भएका १९ वर्षीय लोमस फुयाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, कोहलपुर नगरपालिका-११ नयाँ बसपार्कस्थित जुम्ला कर्णाली हमाल खाजा घर एण्ड लजबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ सय ९८ ग्राम सहित खाजा घरकी संचालिका जुम्ला घर भएकी ५८ वर्षीया मैनकला शाहीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा प्रेसर कुकुर भित्र प्लाष्टिकका ६८ वटा पोकामा रहेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

धनुषा, बिदेह नगरपालिका-८ बफही टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय निरज कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले प्रदेश २-०२-००५ प १३२४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-७ वेलि हनुमान मन्दिर नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय रमेश रानालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले से.३ प ३८८५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बारा, निजगढ नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र नाईट्राजेपाम १० ट्याब्लेट सहित सोही  नगरपालिका-२ बस्ने २३ वर्षीय सन्देश श्रेष्ठलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सिंगोलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भीमदत्त नगरपालिका-४ उद्योग बाणिज्य संघ नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१८ डेरा गरी बस्ने बैतडी दोगडाकेदार गाउँपालिका-५ घर भएका २० वर्षीय अशोक बिष्टलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

दोलखा, भिमेश्वर नगरपालिका-२ गोलेटोल बस्ने बिगु गाउँपालिका-६ घर भएका ६० वर्षीय बिमा थामीलाई अवैध लागूऔषध गाँजा १ किलो ८ सय ७६ ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।