logo-image

बुधबार, ३१ असार २०८३

लालिमा रिलिज: यौनकर्मीको पिडादायी जीवन पर्दामा

शुक्रबार, २९ फागुन २०८२ · मनोरञ्जन

लालिमा रिलिज: यौनकर्मीको पिडादायी जीवन पर्दामा

काठमाडौं, फागुन २९। नेपाली चलचित्र ‘लालिमा’ आज शुक्रबारबाट मुलुकका विभिन्न चलचित्र घरमा रिलिज भएको छ। निर्माण पक्षका अनुसार यो चलचित्र ६ दर्जन चलचित्र घरमा प्रदर्शन भइरहेको छ।

वास्तविक यौनकर्मीहरूको दैनिक समस्या, पीडा र मानसिक अवस्थालाई चित्रण गरिएको यस फिल्ममा नायिका रोशनी कार्की शीर्ष भूमिकामा छिन्। चलचित्रको नायक जीवन भट्टराई हुन् भने अन्य मुख्य भूमिकामा उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल, शिशिर वाङ्देल, रोशनी कार्की रहेका छन्। फिल्मले यौन व्यवसायको प्राचीन इतिहासदेखि नेपालको वर्तमान यथार्थसम्मको कथा पर्दामा प्रस्तुत गरेको छ। 

तीन हजारभन्दा बढी यौनकर्मीको जीवन अनुभव, संघर्ष र भोगाइमा आधारित उस फिल्ममा रोशनी कार्कीले यौनकर्मी आमाको भूमिका निभाएकी छिन्। यो भूमिका उनको जीवनकै सबैभन्दा चुनौतीपूर्ण पात्र भएको उनले निर्देशक मिराजले बताए। फिल्मलाई पीडा, शोषण र संरचनागत अन्यायको सामना गर्ने मानवीय साहसको कथा भएको उनी भन्छन्।  

फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको यस चलचित्रको कार्यकारी निर्माता रीना लामा हुन्। कथा तथा निर्देशन दुवै रोशन मिराजकै छन्। 

यो फिल्मले दर्शकलाई आकर्षित गर्न विशेष उपहार पनि ल्याएको छ। अफरअनुसार खल्ती एपमार्फत फिल्मको टिकट खरिद गर्दा दर्शकले २ सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन्। यथार्थपरक कथा र आकर्षक अफरका कारण यो साता हलहरूमा दर्शकको चाप बढ्ने अपेक्षा गरिएको छ।

">