logo-image

बुधबार, ३१ असार २०८३

आशिर्वादको ‘मोहनी लगायो कान्छीले’ मा आश्मा

बुधबार, ०६ फागुन २०८२ · मनोरञ्जन

आशिर्वादको ‘मोहनी लगायो कान्छीले’ मा आश्मा

गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक भएको छ ।
प्रेम  र आकर्षणको भाव बुनिएको यस गीतलाई गायक  सुवेदीको  युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको रहेको छ । बसन्त स्वयं संगीतकारका रूपमा स्थापित नाम हुन् र यस गीतमा पनि उनले सरल तर आकर्षक शब्दमार्फत प्रेमको अनुभूति पस्केका छन्। संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् । 
उत्तम हुमागाईंले छायांकन गरेको  भिडियोमा आश्मा विश्वकर्मा र प्रभात पाल ठाकुरीको क्युट केमेस्ट्री देख्न सकिन्छ । म्युजिक भिडियोको  निर्देशन हरि हुमागाईंले गरेका हुन् । पप–लोक शैलीको यो गीतमा प्रेमीले आफ्नो प्रेमिकाको रूप र स्वभावले आफू मन्त्रमुग्ध भएको कथा पस्किएको छ । सार्वजनिक हुनासाथ सकारात्मक प्रतिक्रिया पाइरहेको यो भिडियोले  टिकटक र युट्युबमा राम्रो चर्चा कमाउने अपेक्षा गरिएको छ ।